NITC is in a way to foster the individuals of the nation for the developmental process through the substantial use and implementation of information, communication and technology. To encourage the involvement of the young generation in this sector, NITC is highly devoted towards human resource development by giving job opportunity to a big community and allowing students from different universities and colleges to carry out different projects as an Internship program. The organization also intends to provide the government employees an opportunity to meet their employment need, strengthen occupational opportunities and develop a growing infrastructure within the organization by providing trainings and consultation.
Basic and Advance Computer Training for e-government Implementation
२१ औ शताब्दीको आवगमन सँग सँगै बिश्वभर सूचना तथा संचार प्रविधिक (ICT) अथवा ईन्टरनेटको द्रुततम विकासको कारण संसारको सबै राष्ट्रले एकदिन पछ्याउनै पर्ने e-Government(विद्यूतिय-सरकार)को नौलो बाटो तर्फ विश्वका धनी गरीब सबै राष्ट्रहरुलाई आफुतर्फ डो-याईरहेको बर्तमान परिपेक्षमा नेपालपनि यसबाट अलग रहन पाएको छैन । धेरै राष्ट्रले आफ्नो राष्ट्रको बजेटको ठूलो हिस्सा विद्यूतिय-सरकारको लागि खर्चि सकेता पनि बहु संख्यक राष्ट्रहरुले यसबाट लगानी अनुरुप फायदा उठाउन सफल हुन नसकेको बर्तमान परिवेशमा नेपालले पनि विद्यूतिय-सरकार कार्यान्वयन गर्न तदारुकताकासाथ सूचना प्रविधिको संजालको लागि गरेको लगानी र मानविय संसाधन विकासको मध्यनजर गरी विद्यूतिय-सरकारसंग सम्बन्धित सभा, गोष्ठीहरुमा गरेको लगानी उल्लेखनिय छ । तर अरु राष्ट्रहरु जस्तै नेपाललेपनि लगानी अनुरुप फाईदा भने लिन सकेको छैन । झण्डै प्रकाशको गति जत्तिकै द्रुततम् गतिमा विकाश भैरहेको सूचना तथा संचार प्रविधिको क्षेत्रमा नेपाल भने धेरै नै पछाडि परेको छ ।
यसरी सूचना तथा संचार प्रविधि क्षेत्रको द्रुततम गतिको विकासबाट त्यस्ता राष्ट्रहरुले आफ्नो अर्थतन्त्रमा पनि द्रुत गतिमा विकास गरेको पाईन्छ भने कुनै पनि राष्ट्रले साँच्चिकै विद्यूतिय-सरकार लागु गर्ने हो भने सूचना तथा संचार प्रविधिको विकास र पहुँचको सम्बन्धमा सक्रिय हुन र नागरिकहरुलाई यस बिषयमा सचेत र सुशिक्षित बनाउनपनि उत्तिकै आबश्यक छ । हाम्रो जस्तो साक्षरता कम भएको राष्ट्रमा नागरिकहरुलाई सूचना तथा संचार प्रविधिको शिक्षा र प्रयोग सम्बन्धमा ब्यापक रुपमा शिक्षामूलक तालिम उपलब्ध गराएर अहिले देखिनै विद्यूतिय-सरकारका लागि जनताहरुलाई पूर्ब तयारी गरे मात्र भोलिको दिनमा लागु गरिने विद्यूतिय-सरकारमा सफलता प्राप्त गर्न सक्ने छौं । यसरी ICT हरेक क्षेत्रमा ब्यापक प्रयोग हुन सके मात्र यसले देशको अर्थ तन्त्रमा नै गहन भूमिका खेल्न सक्ने कुरामा दुई मत रहन सक्दैन।
यसै कुरालाई मध्यनजर गर्दै यस राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेपालमा बिद्युतिय सरकार कार्यन्वयनमा ल्याउनको लागि आवाश्यक जनशक्ति तयार पार्नका लागि “ Basic / Advance Computer Training for the Implementation e-Government” नामक तालिम संचालन गर्दै आइरहेको छ । हाल सम्म निम्न समूहहरु ( सरकारी तथा गैर सरकारी) लाई तालिम प्रदान गरिसकेको छ।
List of trainees benefitted from the training
1. Basic Computer Training
2. Advance Computer Training